बिश्व

सन् २०२५ मा ३२६ जना मानव अधिकारवादी कामदारको हत्या : राष्ट्रसंघ

रासस
२०८२ चैत्र २६ | मध्यान्ह ०३:१२ बजे

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय मानवतावादी मामिला उप–महासचिव टम फ्लेचरले सन् २०२५ मा २१ वटा देशमा कम्तीमा ३२६ जना मानव अधिकारवादी सहायता कर्मीको हत्या गरिएको पुष्टि गरेका छन् ।  गत तीन वर्षमा आक्रमणको कारण पीडित हुनेहरुको सङ्ख्या एक हजार भन्दा बढी पुगेको जनाउदै उहाँले पछिलो समयमा मानवीय कामदारहरूलाई लक्षित गरी आक्रमणहरु वृद्धि भएको चेतावनी दिएका छन्। मानवतावादी कामदार र संयुक्त राष्ट्रका कर्मचारीहरूको सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा भएको साक्षातकारमा फ्लेचरले विगत तीन वर्षमा गाजा र वेस्ट ब्याङ्क क्षेत्रमा ५६० जना भन्दा बढी मृत्यु भएको जनाएको छ।

अघिल्लो अवधिको तुलनामा विगत तीन वर्षमा मृत्युको सङ्ख्या तीन गुणा बढेको उल्लेख गर्दै उनले यो वृद्धि केवल संयोग मात्र नभई सुरक्षा प्रणालीको पतन भएको बताए।

उनले मानवतावादी कामदारहरू युद्व प्रभावितहरुलाई खाना, पानी, र औषधि गलायतका अत्यावश्यक सामाग्री वितरण गर्दै गर्दा मारिएको उल्लेख गरे।

कमेन्टहरु