बागमती प्रदेश, मुख्य समाचार, समाचार
छायाँदेवी कम्प्लेक्सकाे आज सुनुवाइ हुने


काठमाडौ, चैत २६ । थँबही अर्थात ठमेलमा रहेकाे कमल पाेखरीमा गैर कानुनी रूपमा स्थापना भएकाे छायाँदेवी कम्प्लेक्सकाे आज पूर्ण इजलासमा सुनवाई हुने भएकाे छ ।
२०८१ पुस ४ गतेकाे सारंगा सुवेदी र टेकप्रसाद गुनाकाे संयुक्त संयुक्त इजलासमा पाँच वटा प्रश्न सहित मुद्दालाई पूर्ण इजलासमा पठाएकाे छ । पूर्ण इजलासमा पाँच वटा उत्तरलाई लिएर बहस हुने अभियन्ता भागवत नरसिंह प्रधानले जानकारी गराउनु भयाे ।
पूर्ण इजलासमा सुनुवाइ पश्चात न्याय निरुपण हुने सम्भावना रहेकाे जनाउनु भयाे । संयुक्त इजलासबाट फैसला हून नसक्दा पूर्ण इजलासमा पठाएकाे छ । पूर्ण इजलासमा सुनवाइ पश्चात अन्तिम फैसला अाइसक्ने धारणा अभियन्ता प्रधानले जानकारी गराउनु भयाे । छायाँदेवी कम्प्लेक्सलाई लिएर एक दशक भन्दा लामाे समयदेखि सर्वोच्च अदालतमा मुद्दा परिरहेकाेले निर्णय अघि सरिरहेकाे छ । सिहंसार्थवाहुकाे साे जग्गामा पहिला सिंह सार्थवाहकाे पुजा गर्नेकाे लागि कमलकाे फुल रोप्ने परम्परा थियो। यस विषयलाई लिएर नेवा राष्ट्रिय मुक्ति मोर्चाबाट सार्वजनिक वक्तव्य पनि जारी गरिएको छ ।






















