मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि

बिच्छ्या र कुवाडीमा टेलीफोन टावरको जडानकार्य ढिलाइ

उमेश रोकाया
२०८२ चैत्र २६ | मध्यान्ह १२:१२ बजे

बाजुरा , चैत २६ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं. १ बिच्छ्या र २ को कुवाडीमा निर्माण हुन लागेको टेलीफोन टावर सहित फ्रोजी सेवा जडानकार्य ढिलासुस्ती भएको छ । मंसिर महिना दुर्गम हिमाली गाउँपालिका बिच्छ्या र कुवाडीमा टेलीफोन टावर निर्माणकार्य ढिलाइ गरेको छ ।

दुर्गम बस्तीमा टेलिफोन जोडिने आशा गरेको अहिले निराश देखिनु पर्ने अवस्था आएको छ । अहिले वर्षौंदेखि टेलिफोन बाट बन्चित भएको बिच्छ्या र कुवाडीमा अहिलेसम्म टेलीफोन कुराकानी गर्ने अग्ला डाँडाकाडा धाउनुपर्ने बाध्यता भोग्दै आएका छौँ । हिमाली गाउँपालिका धेरै जसो ठाउँमा टेलीफोन सहित फ्रोजी नेट सञ्चालनमा आएको छ ।

हामी भने अहिलेसम्म टेलीफोन गर्न घरको धुरी चड्नु पर्ने समस्या झेल्नुपरेको छ । पाँच महिना अगाडि बन्न लागेको टेलीफोन टावर अझै पूरा हुन सकेको छैन । सबैभन्दा छिटो टेलिफोन टावर निर्माण गरेर सञ्चालन गरिदिएका भए दुर्गम ठाउँका मान्छेको मुहार फेरिने आशा गरेको हिमाली गाउँपालिका – का स्थानीय मदन थापाले बताएका छ्न ।

हिमाली गाउँपालिका -५ को कुवाडी सयौं बजार व्यवसायीहरु टेलिफोन बाट बन्चित भएका छन । अहिलेसम्म टेलीफोन टावर जडान कार्य सुरु गरेको पाँच महिना पुग्दा सम्म पनि टेलीफोन टावर निर्माणकार्य अधुरो भएको छ । टेलीफोन बन्चित भएको ठाउँ कुवाडी अहिले टेलीफोन गर्ने घरको अगाडि मोबाइल झुन्डिएर फोन सम्पर्क गर्नुपर्ने अबस्था अहिलेसम्म उस्तै स्थानीय विर्ख मलालले बताएका छन ।

कुवाडी बजारका सयौं व्यवसायहरु टेलीफोन सेवाबाट टाढा हुँदै आएका छन । अहिले फोन सम्पर्क गर्ने अग्लो डाडा धाउनुपर्ने बाध्यता छ । वर्षौंदेखि टेलिफोन टावर निर्माण हुन लागेको अहिलेसम्म सञ्चालन आउन सकेको छैन । टेलिफोन टावर निर्माणकार्य पूरा गर्ने सम्बन्धि निकायलाई ध्यानाकर्षण गराएका छन ।

कमेन्टहरु