बिश्व

‘स्ट्रेट अफ हर्मुजमा आवागमन पुरानै लयमा फर्किन समय लाग्छ’

एजेन्सी
२०८२ चैत्र २५ | मध्यान्ह ०४:१२ बजे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ते युद्धविरामअनुसार इरानले स्ट्रेट अफ हर्मुज पुनः खोल्नुपर्नेछ । अमेरिकी शर्त मानेर इरानले यो जलमार्ग खोल्यो नै भने पनि जहाज आवागमन तुरुन्त सामान्य नहुने बताइएको छ ।डेनमार्कको ठुला लजिस्टिक्स कम्पनी मेस्र्कमा पूर्व शपिङ विश्लेषक रहेका लार्स जेन्सनले बीबीसी रेडियो ४ को ‘टुडे’ कार्यक्रममा बोल्दै हालसम्म ठुलो परिवर्तन नदेखिएको र विश्वास पुनःस्थापित हुन समय लाग्ने बताएका छन् ।

उनका अनुसार आगामी केही दिनमा खाडी क्षेत्रबाट बाहिरिने जहाजहरूको सङ्ख्या बढ्न सक्छ । तर भित्रिने जहाजहरू भने निकै कम मात्र हुने उनी बताउँछन् । युद्ध विराम असफल भए जहाजहरू फस्न सक्ने जोखिमका कारण कम्पनीहरू सतर्क रहेको उनले बताए। 

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने यो महत्त्वपूर्ण समुद्री मार्ग इरान युद्धको चपेटामा परेको छ । यसले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा बजारमा प्रभाव पारिरहेको छ । 

कमेन्टहरु