बिश्व

अमेरिका – इरान युद्धविराम निर्णायक वार्ता पाकिस्तानमा

रासस
२०८२ चैत्र २५ | मध्यान्ह ०२:१२ बजे

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मध्यपूर्व युद्धविरामको घोषणा पछि यस हप्ताको अन्त्यमा पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताएका छन् ।उनले दुवै देशको नेतृत्व प्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न सन् २०२६ अप्रिल –१० गते शुक्रबार इस्लामाबादमा उनीहरूको प्रतिनिधिमण्डललाई सामाजिक सञ्जाल एक्स मार्फत आमन्त्रित गरे ।

पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान हाल तेहरान र वासिङ्टनबिच मध्यस्थकर्ता रूपमा देखा परेको छ । पाकिस्तानी प्रधान मन्त्री सरिफले ’इस्लामाबाद वार्ता’ दिगो शान्ति प्राप्त गर्न सफल हुने विस्वास व्यक्त गरे ।

तेहरान र वासिङ्टन दुवैले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानलाई नष्ट गर्ने समयसीमा समाप्त हुनु भन्दा एक घण्टा अघिमात्र दुई हप्ताको युद्धविरामका लागि सहमति भएको बताएका छन्इ।जरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरे पछि युद्ध सुरु भएको थियो । फेब्रुअरी –२८ मा सर्वोच्च इरानी नेताको हत्या भएको थियो भने तेहरानबाट प्रतिक्रया स्वरुप खाडी राष्ट्रहरू र इजरायलमाथि जवाबी आक्रमणहरू भएको थियो ।

इरान समर्थित समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि द्वन्द्वमा तानिएको थियो ।सरिफले लेबनानसहितका क्षैत्रमा युद्धविराम लागु भएको बताउनु भएको छ । यद्यपि इजरायलले त्यस क्षेत्रमा हेजबुल्लाह विरुद्ध कारबाही गरिरहेको जनाउदै यस क्षेत्रमा युद्धविराम लागू नभएको जिकिर गरेको छ ।

इरानका सबै पावर प्लान्ट र पुलहरू नष्ट गर्ने ट्रम्पको धम्कीलाई रोक्न पाकिस्तान लगायतका मध्यस्थकर्ताहरूको आह्वानमा अस्थायी युद्धविराम भएको जनाइएको छ ।

टर्की र इजिप्टले पनि हालैका दिनहरूमा मध्यस्थता गर्न मद्दत गरिरहेका थिए, भने चीनले इरानलाई वार्ताको टेबलमा ल्याउन मद्दत गरेको ट्रम्पलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

कमेन्टहरु