दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको अधुरो काम पूरा गर्ने भएको छ । प्रदेश सरकारबाट प्राप्त रकमबाट निर्माण थालिएको तर पैसा नपुगेपछि जगमै काम रोकिएको वडा नं ३२ मा पर्ने गगनेश्वर महादेव मन्दिरलाई कामपाले तीन तलासहित पूरा गर्ने भएको हो ।
हामीलाई निकास चाहिएको हो । पैसा खर्च गरेर हामी काम गर्छौँ तर, पुरातत्व विभागले यो वा त्यो बहानामा काम रोक्ने वा हुन नदिने मनसाय राख्नु हुँदैन । थोरै समय पर्खिएर प्रक्रिया पूरा गर्न हामी तयार छौँ । तर प्रक्रिया पूरा गर्ने नाममा महिनौँ वा वर्षौँसम्म प्रक्रिया अवरुद्ध हुने अवस्था हामीलाई मान्य छैन सङ्गतले धारणा राखे ।
वडा ३२ का वडाध्यक्ष नवराज पराजुलीले, विवाद नभएका कुनै पनि योजना कार्यान्वयनमा नलगिने बताए । कुरा मिल्छ, सबैको सहमति हुन्छ भने हामी काम अगाडि बढाउन तयार छौँ । जनताले तिरेको कर उपयुक्त स्थानमा प्रयोग गर्ने बताए ।
सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार समितिले गगनेश्वरको मन्दिरलाई तीनछाने बनाउने निर्णय गरेको छ । यो विषय पुरातत्व विभागलाई जानकारी गराउने र साझेदार तथा सरोकारवालाबिच विभागमा थप छलफल गर्ने समितिले गरेको निर्णय हो ।
मन्दिर अहिले सुरुआती चरणमा निर्माण भएको छ । यही संरचनामा निर्माण अगाडि बढाउन सकिने नसकिने विषयमा छलफल गर्दै बैठकले जमिनमाथि देखिने भागको प्राविधिकहरूले अध्ययन गरेर प्रतिवेदन दिने, जमिनमुनि नदेखिने भागका सन्दर्भमा यो काम गराउने कार्यालय र काम गर्ने उपभोक्ता समितिबाट लिखित प्रतिवेदन लिएर अगाडि बढ्ने निर्णय भएको छ ।
कामपाले नै कोटेश्वर महादेव मन्दिर पुनर्निर्माणको मागका सम्बन्धमा छलफल गर्दै सामान्य मर्मतसम्भारको काम निरन्तर गर्ने पुनर्निर्माणको आवश्यकता अध्ययन गर्ने भएको छ ।




















