इरानको युरेनियमको पूरै ख्याल राखिनेछ: ट्रम्प

एजेन्सी
२०८२ चैत्र २५ | मध्यान्ह ०१:१२ बजे

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युरेनियम भण्डारको पूरै ख्याल राखिने बताएका छन् । युद्धविराम घोषणा पश्चात् मंगलबार एएफपीसँगको अन्तर्वार्तामा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । युरेनियम आणविक हतियार निर्माणका लागि चाहिने मुख्य तत्त्व हो । इरानसँग प्रशस्त मात्रामा युरेनियम रहेको मानिन्छ । युरेनियम नै इरान युद्धको प्रमुख चिन्ता थियो ।
गत महिना वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पले उक्त युरेनियम सुरक्षित गर्न सैन्य कारबाही गर्ने विकल्पबारे विचार गरिरहेको उल्लेख गरेको थियो । यद्यपि अन्तिम निर्णय भने गरिएको थिएन ।















