लेबनानमा भएको आक्रमणमा ८ जनाको मृत्यु

एजेन्सी
२०८२ चैत्र २४ | मध्यान्ह ०५:१२ बजे

बेरुत । लेबनानमा गए राति इजरायलले गरेको हवाई तथा ड्रोन आक्रमणमा आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।लेबनानको सरकारी समाचार एजेन्सीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । युद्धका कारण दर्जनौं घाइते भएका छन् । आक्रमणले दक्षिणी लेबनान र बेकाको पश्चिमी भागलाई लक्षित गरेको थियो ।
आक्रमणले घरहरू नष्ट भएको र व्यापक क्षति पुगेको एजेन्सीले समाचारमा उल्लेख गरेको छ । यसैबीच, देशभर जासुसी उडान पनि देखिएको बताइएको छ ।
इजरायली रक्षा बल आफ्नो ९८ औं डिभिजनका सैनिकहरूले विगत हप्तामा “साउथ लेबननका थप लक्ष्यमा लक्षित भू–कार्यवाहीलाई विस्तार गरेको दाबी गरेको समयमा आक्रमणको खबर आएको हो ।























