घटना

चितुवाको आक्रमणबाट दुई जना घाइते

रासस
२०८२ चैत्र २४ | मध्यान्ह ०४:१२ बजे

दाङ । राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । आक्रमणबाट सोही ठाउँका ५९ वर्षीय तिलकराम खड्का र ३० वर्षीय सुशील खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

आज बिहान ११ बजेतिर आक्रमण गर्दा खड्काको ओठ र दाहिने हातमा चोट लागेको छ भने बिष्टको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको छ।प्रहरी र स्थानीयको सहयोगमा चितुवालाई नियन्त्रणमा लिई वन डिभिजन कार्यालय लमहीमा बुझाइएको प्रहरी निरीक्षक बस्नेतले बताए।

कमेन्टहरु