बिश्व

इरान युद्ध सुरु भएयता १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण

एजेन्सी
२०८२ चैत्र २४ | मध्यान्ह ०२:१२ बजे

वासिंगटन डीसी । इरानविरुद्धको सैन्य अभियान सुरु भएयता १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अपरेशन एपिक फ्युरी  अन्तर्गत उक्त कारबाही गरिएको जानकारी अमेरिकी मध्य कमाण्ड (सेन्टकम)ले दिएको हो । यसका अनुसार, आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)का मुख्यालय, वायु प्रतिरक्षा प्रणाली, ब्यालिस्टिक मिसाइल साइटहरू, साथै इरानी नौसेनाका जहाज र पनडुब्बीहरूलाई निशाना बनाइएको छ ।

अमेरिकी सेनाले हालसम्म १५५ भन्दा बढी इरानी जलयानहरू क्षतिग्रस्त वा नष्ट गरिएको पनि दाबी गरेको छ । यसैबीच, मानव अधिकारकर्मी समाचार एजेन्सीका अनुसार अमेरिका–इजरायल आक्रमण सुरु भएदेखि इरानमा ३ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको छ, जसमा कम्तीमा १ हजा। ६६५ जना सर्वसाधारण नागरिक रहेका छन् । 

कमेन्टहरु