बिश्व

इरान युद्ध अन्त्यका कूटनीतिक प्रयास ‘निर्णायक चरण’मा

एजेन्सी
२०८२ चैत्र २४ | मध्यान्ह ०२:१२ बजे

तेहरान । पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मुघदमले अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयास अत्यन्तै संवेदनशील र निर्णायक चरणमा पुगेको बताएका छन् । पाकिस्तानको सकारात्मक र प्रभावकारी पहलले युद्ध रोक्ने दिशामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे पनि उनले  विस्तृत विवरण भने दिएका छैनन् ।

हालको द्वन्द्वमा इरानले अमेरिकी लक्ष्यहरू र क्षेत्रीय स्थानहरूमा प्रतिकारात्मक आक्रमण गरेपछि खाडी क्षेत्रका परम्परागत मध्यस्थकर्ताहरू पनि युद्धमा तानिएका छन् । 

यस्तो अवस्थामा पाकिस्तान एक प्रमुख मध्यस्थकर्ताका रूपमा उभिएको छ । 

कमेन्टहरु