इरानको ठुलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारेको नेतान्याहुको दाबी

एजेन्सी
२०८२ चैत्र २४ | मध्यान्ह ०१:१२ बजे

तेल अभिभ । इजरायलले इरानको सबैभन्दा ठुलो पेट्रोकेमिकल प्लान्ट ध्वस्त पारेको दाबी इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गरेका छन् । उनको आधिकारिक सामाजिक सञ्जाल पोस्टमा इजरायलले क्रमिक रूपमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)को आर्थिक स्रोत नष्ट गरिरहेको भनिएको छ ।
आईडीएफका अनुसार असलुयेहलस्थित एक स्थललाई इरानी मिसाइल उद्योगका लागि ‘महत्त्वपूर्ण कम्पोनेन्ट’ उत्पादन गर्ने केन्द्रको रूपमा प्रयोग गरिँदै आएको थियो ।

















