समाचार

प्रधानमन्त्रीसँग नवलपरासीका सांसदको छलफल : सुस्तादेखि सडक पूर्वाधारसम्मका योजना पेस

नवलपुर टुडे
२०८२ चैत्र २४ | बिहान ०९:१२ बजे

नवलपरासीचैत २४ प्रधानमन्त्री बालेन शाहले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग सिंहदरबारमा गर्नुभएको छलफलमा पश्चिम नवलपरासीको विकास र सीमा समस्याले मुख्य प्राथमिकता पाएका छन् । उक्त अन्तरक्रियामा नवलपरासी क्षेत्र नं. १ का सांसद विक्रम खनाल र क्षेत्र नं. २ का सांसद नरेन्द्र कुमार गुप्ताले जिल्लाका ज्वलन्त मुद्दाहरू समेटिएको लिखित योजना प्रस्तुत गर्नुभयो 

छलफलमा सांसद  खनालले नवलपरासीलाई नेपालभारत रणनीतिक पारवहन र कृषिको महत्त्वपूर्ण प्रवेशद्वारको रूपमा चित्रण गर्दै बीबीध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । ६ वर्षदेखि अलपत्र हुलाकी राजमार्गको नारायण चोकत्रिवेणी खण्ड तत्काल सम्पन्न गर्न र दाउन्नेको विकल्पमा भूताहासंसारकोटदुम्किबास सडक निर्माण गर्न र  सुस्ताबासीलाई नागरिकता र लालपुर्जा उपलब्ध गराउन माग गर्नुभयो ।

यसैगरी छलफलमा सांसद गुप्ताले मुख्यगरी प्रधानमन्त्री तहबाट सम्बोधन हुनुपर्ने राष्ट्रिय गौरव र रणनीतिक योजनाहरूमा जोड दिनुभयो   ।रामग्राम स्तूप (भगवान बुद्धको अस्थिधातु स्थल)पण्डितपुरदेवदह र अनोमा घाटलाई एकीकृत गरी बुद्ध सर्किट‘ को रूपमा विकास गर्नुपर्ने , महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न र यसलाई महेन्द्र राजमार्गसँग जोड्ने ४ लेन सडकको निर्माण कार्यमा तीव्रता दिन र  जिल्लामा प्राविधिक शिक्षालयको स्थापना र पृथ्वी चन्द्र अस्पतालको क्षमता विस्तारका साथै पाल्ही बहुमुखी क्याम्पसको जग्गा स्वामित्व विवाद समाधान माग गर्नुभयो ।

दुवै सांसदले जिल्लाको मुख्य आधार रहेको कृषि क्षेत्रका लागि मलबीउ र सिँचाइको सुनिश्चितता गर्न आग्रह गरेका छन्। विशेष गरी गण्डक नहरको असमान सन्धि र यसको नियमित सञ्चालनका साथै उखु र केरा किसानको बजार व्यवस्थापनका लागि सरकारको हस्तक्षेपकारी भूमिकाको माग गरिएको छ। साथैलामो समयदेखि थाँती रहेको सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या हल गरी लालपुर्जा वितरण गर्न समेत दुवै सांसदले एकै स्वरमा आग्रह गरेका छन्।

छलफलमा लुम्बिनी प्रदेशका  निर्वाचित सांसदहरूको सहभागिता रहेको थियो। प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका जिल्लाका विशिष्ट र रणनीतिक योजनाहरूलाई बजेट र नीतिगत प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको छ।

कमेन्टहरु