पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

रानिसैन पर्यटन प्रबर्द्धन लागि पुर्व मन्त्रीलाई अध्यक्ष मल्लले बुझाए ज्ञापन पत्र

उमेश रोकाया
२०८२ चैत्र २३ | मध्यान्ह १०:१२ बजे

बाजुरा, चैत २३ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका पर्ने रानिसैन जानका लागि लाम्पाटा देखि रानिसैन सम्म पर्टयटकीय पदमार्ग निर्माणका लागि आवश्यक सहयोग र सहजिकरण गरिदिन हुनका लागी पुर्व मन्त्री श्रद्धा श्रेष्ठ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरबार काठमाडौंलाई ज्ञापन पत्र बुझाएको छ ।

हिमाली गाउँपालिका अन्तर्गत पर्ने सैपाल हिमलको ब्यसक्याप सैपाल जानको लागि सबैभन्दा छोटो र सहज मार्ग भएको रानिसैन पर्यटकीय प्रबर्द्धनका लागि माग गरिएको छ ।

चैत ११ गतेको बैठक निर्णय अनुसार दिगो पर्यटन परियोजना एचटिपी संगको सहकार्यमा चालू आर्थिक वर्ष २०८२/०८३ कार्यक्रममा कार्यनयन संगै सम्पन्न हुने गरि लाम्पाटा देखि रानिसैन सम्म पर्यटकीय पदमार्ग निर्माण र रानिसैन जाने बाटो निर्माणका लागि माग भएको छ ।

क्षेत्रमा रहेकोे समुदाय तथा व्यवसायहरुलाई आतिथ्य सम्बन्धि तालिम पिलुचौर, बौडी, गुम्बा, लाम्पाटा र रानिसैन हुँदै सैपाल पुर्वी आधार शिविर सम्मको अध्यनन अनुगमन नक्सा प्रकाशनका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन माग गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न ।

कमेन्टहरु