अपराध

देवचुलीमा कुटपिटबाट बृद्धकाे मृत्यु, घटनाको अनुसन्धान हुँदै

नवलपुर टुडे
२०८२ चैत्र २३ | मध्यान्ह ०८:१२ बजे

नवलपरासी पूर्व। नवलपरासी पूर्वमा अज्ञात समूहकाे कुटपिटबाट सोमबार एक बृद्धकाे मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका १६ टाँगिकाेटका ७५ वर्षीय जीवनराम थनेत रहेको प्रहरीले जनाएकाे छ ।

जीवनराम र उनकी पत्नी ७० गुलवसिनिया थनेत राती खाना खाएर सुतेको र बिहान अवेरसम्म नउठेपछि छोरा वीर बहादुर थनेतले ढाेका खाेली हेर्दा वृद्ध दम्पती घाइते भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घटनाबारे जानकारी हुनासाथ घाइते  दम्पतीलाई उपचारार्थ पुरानो मेडिकल कलेज चितवन पठाईएकाेमा टाउकोमा चाेट रहेका पति जीवनरामकाे बिहान ८ :२० बजे मृत्यु भएको थियाे ।

त्यसैगरी  टाउकाे लगायत शरीरका विभिन्न भागमा चाेटचाेट रहेकी गुलवसिनियाकाे साेही अस्पतालमा उपचार भई रहेको र घटनाबारे तालिम प्राप्त कुकुर झिकाई घटनाबारे अनुसन्धान तथा कुटपिटमा संलग्नहरूकाे खाेजी भई रहेको प्रहरीले जनाएकाे छ।

 

कमेन्टहरु