लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

नवलपुर टुडे
२०८२ चैत्र २३ | बिहान ०७:१२ बजे

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत छैटौँ बैठक आज दिउँसो १ बजे बस्दै छ।

प्रदेश सभा सचिवालयले बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गर्दै तयारी पुरा भएको जानकारी दिएको हो। आजको बैठकको मुख्य आकर्षणका रूपमा ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ रहनेछ।

सो विधेयक वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले सभामा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताए। विधेयक पेस गर्नुअघि बैठकको सुरुवाती समयमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्नेछन्।

कमेन्टहरु