गुल्मीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ११ घाइते

नवलपुर टुडे
२०८२ चैत्र २२ | मध्यान्ह ०७:१२ बजे

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन् । गुल्मीदरबार गाउँपालिका–४ वीरबाससस्थित मिसुकामा लु१च ४९०६ नम्बरको जीप आज दुर्घटना भएको हो ।
दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय कृष्ण ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गा सारुले जानकारी दिए । घाइतेमध्ये तीन वर्षीया चाया ढेंगाबाहेक अन्यलाई थप उपचारका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

















