मुख्य समाचार, लुम्बिनी प्रदेश, समाचार

नेपालगञ्जमा यजना रोकाया तिन दिनदेखि परिवारबाट सम्पर्क बिहीन

उमेश रोकाया
२०८२ चैत्र २२ | मध्यान्ह ०७:१२ बजे

बाजुरा, चैत २२ ।‌ बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका -२० थुपिवामा बस्दै आएकी १३ बर्षिय यजना रोकाया तिन दिनदेखि घरपरिवारबाट सम्पर्क बिहीन भएका छन ।

चैत २० गतेको दिनमा हालसम्म बसोबास गर्दै आएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० थपुवा घरबाट सामान किन्न भनेर गएकी यजना रोकाया घरबाट बाहिर गएको तिन दिन सम्म हुँदा पनि परिवारको सम्पर्कमा आएकी छैनन्। घरपरिवारले कोही कसैले भेटाउन हुने महानुभावहरुलाई नजिकै प्रहरी कार्यालय तथा आफ्नन्त कहाँ जानकारी गरिदिन घरपरिवारले आग्रह गरेको छन ।

यदि कसैले भारतको जुनसुकै ठाउँमा भेटिपनी गजेन्द्र रोकाया 7304923315 मा फोन सम्पर्क गरिदिन अनुरोध गरेका छन । सेवानै धर्म हो, तपाईको सानो सहयोले सम्पर्क बिहीन छ भएकी यजना रोकायालाई खोजीकार्य गरिदिन घरपरिवारले जनाएको छ ।

कमेन्टहरु