बिश्व

बहराइनको पेट्रोकेमिकल प्लान्टमा ड्रोन आक्रमण, आगो नियन्त्रणमा

एजेन्सी
२०८२ चैत्र २२ | मध्यान्ह ०४:१२ बजे

मानामा । बहराइनस्थित एक पेट्रोकेमिकल उद्योगमा इरानी ड्रोन आक्रमण हुँदा आगलागी भएको छ । आगलागीलाई पछि नियन्त्रणमा लिइएको बताइएको छ ।

गल्फ पेट्रोकेमिकल इन्डस्ट्रीज कम्पनीले आफ्ना केही सञ्चालन इकाईहरूमा ड्रोन आक्रमण भएको पुष्टि गरेको छ । उक्त आक्रमणपछि ती संरचनाहरूमा आगो लागेको थियो ।

 बहराइन न्यूज एजेन्सीका अनुसार आगो नियन्त्रणमा ल्याएर पूर्ण रूपमा निभाइएको छ । घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ । हाल विशेषज्ञ टोलीहरूले क्षतिको विस्तृत मूल्याङ्कन तथा विवरण संकलन गर्ने काम गरिरहेका छन् । 

कमेन्टहरु