संसद बाहिर सांसद: डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना


काठमाडौं, चैत २२। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले नेकपा एमालेका नेता राम बहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
उनले भने, ‘एमालेका नेता खड्गप्रसाद ओलीले त्यतिवेला भन्नुहुन्थ्यो–मलाई गोरु नांगिदा आश्चर्य मान्दिन’ भनेर म त्यही भनाई सापट लिन चाहन्छु । मेरो चित दुखाई माननीय राम बहादुर थापाले कटाक्ष गर्नेक्रममा मदन भण्डारीको गौरवशाली विरासत बोकेको पार्टीको प्रतिनिधित्व गर्दै नेपाली सेना जस्तो पवित्र संस्थामाथि गलत सोच्ने ठिक हुँदैन । भुकम्पमा होस् या कोरोनाकालमा होस् चाहे जुनसुकै विपतमा या संकटमा राष्ट्रको खम्बा बनेर उभिएको नेपाली सेना जस्तो राष्ट्रभक्त संस्थामाथि जसरी निकृष्ट आरोप लगाउनुभयो यो असाध्यै दर्भाग्यपूर्ण छ ।’
यसैबीच, सांसद महाविर पुनले नवनियुक्त सभामुख डिपी अर्यालले संसद सञ्चालन प्रभावकारी बनाउन आफ्नै सोच र निर्णय क्षमतामा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै, सांसद बब्लु गुप्ताले नियम र कानुनअनुसार भइरहेका कामलाई समर्थन गर्नुपर्ने बताए ।
सांसद शिशिर खनालले उपसभामुखको भूमिकामा रहँदा पार्टीलाई एकीकृत गर्न योगदान दिएको उल्लेख गर्दै डिपी अर्याललाई व्यवस्थापिकाको शीर्ष स्थानमा पुर्याउन योग्य पात्रका रूपमा प्रशंसा गरेका छन् । साथै, उनले आगामी दिनमा संसदमा अझ प्रभावकारी भूमिका देख्न पाइने विश्वास व्यक्त गरे। न्यूज बैंक






















