२४ घण्टामा १२० इरानी ठेगानामा हमला

एजेन्सी
२०८२ चैत्र २२ | मध्यान्ह ०३:१२ बजे

तेल अभिभ । इजरायलले इरानका १२० भन्दा धेरै स्थानमा आक्रमण गरेको छ । गएको २४ घण्टामा सैन्य पूर्वाधार समेतका कयौँ ठाउँमा आक्रमण भएको भन्दै इजरायली सेनाले आइतबार बिहान भनेको हो । आक्रमण मध्य र पश्चिमी इरानमा भएका हुन् । इजरायली रक्षा बल (आईडीएफ)का अनुसार ड्रोन उत्पादन केन्द्र, प्रहार स्थल, क्षेप्यास्त्र प्रदर्शन स्थल, हवाई रक्षा स्थलहरूमाथि हमला गरिएको थियो ।
शनिबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएका व्यापक हमलामा परेर कयौँ इरानी सैन्य नेताको मृत्यु भएको दाबी गरेका थिए । तर उनले यसबारे थप विवरण दिएका थिएनन् ।

















