अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : मन्त्री खनाल

नवलपुर टुडे
२०८२ चैत्र २१ | मध्यान्ह ०१:१२ बजे

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले अपराधमुक्त समाज निर्माणका लागि समुदायसँग मिलेर प्रहरीले काम गरिरहेको बताए । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको खानेपानी समस्या समाधानका निम्ति नगरपालिकाले सरकारबाट सहयोग चाहेको बताए ।नेपाली कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्माले जनताको इच्छा पूरा गर्न सरकार लाग्नुपर्ने सुझाउ दिए ।

















