देश

सरकारी कार्यालयमा बिचौलिया निषेध

रासस
२०८२ चैत्र २१ | बिहान ०६:१२ बजे

रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा यमुनमाई गाउँपालिक –२का सिकित नारायण, राजदेवी नगरपालिका –७ का बब्लुप्रसाद यादव, सोही ठाउँका श्याम बिहारी यादव, परोहा नगरपालिक–७ का रामनरेशप्रसाद पटेल र गौर नपालिका–८ का राजेन्द्र राउत बरै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन् ।

प्रहरीले गौर नगरपालिका–४ स्थित बसपार्क, वडा नं ३ स्थित जिल्ला अदालत, वडा नं ५ स्थित मालपोत कार्यालयलगायतका स्थानबाट ती व्यक्तिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रिजालले बताए ।

सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न काम छिटो गरिदिने भनी अनावश्यक झन्झट दिने, तान्ने हैरानी गर्ने, सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटमा जाने र सोबापत अनुचित लाभ लिनेलगायतका कार्य गरेको भेटेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

यसैबिच प्रहरीले जारी माध्यमिक शिक्षा परीक्षामा अनलाइन माध्यमबाट चिट चोरेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।

कमेन्टहरु