समाज

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

प्रदिप सिंह
२०८२ चैत्र २० | मध्यान्ह ०५:१२ बजे

लहान २० चैत । सिराहाको धनगढीमाई नगरपालिका क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोष्टले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक जनचेतना कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत मोटरसाइकल चालकहरूले हेल्मेट नलगाई हिँड्ने, तीव्र गतिमा सवारी चलाउने तथा तीन जना सवार भएर यात्रा गर्ने जस्ता जोखिमपूर्ण गतिविधि रोक्न सचेतना फैलाइँदै आएको छ। ट्राफिक प्रहरीले यस्ता चालकहरूलाई रोक्दै आवश्यक सुझाव तथा चेतावनी दिँदै आएको जनाएको छ।

त्यसैगरी, कागजपत्रबिना सञ्चालन भइरहेका सिटी सफारी तथा लाइसेन्स बिना सवारी चलाउने चालकहरूलाई समेत सचेत गराउँदै आवश्यक कागजात पूरा गर्न आग्रह गरिएको छ।अस्थायी ट्राफिक प्रहरी पोष्ट, धनगढी सिरहाका पोष्ट इन्चार्ज निराज कटुवालका अनुसार लाइसेन्स तथा कागजातबिना सवारी चलाउँदा दुर्घटना भएमा ठूलो समस्या निम्तिन सक्ने भएकाले सबैलाई नियम पालना गर्न अनुरोध गरिएको छ।
उनकै नेतृत्वमा सञ्चालन भइरहेको उक्त कार्यक्रम धनगढीमाई नगरपालिका क्षेत्रमा हप्तैपिच्छे जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु