न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछः रवि लामिछाने


काठमाडौं, चैत २०। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिमछानेले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।शुक्रबार प्रतिनिधिसभाको नयाँ सभामुखका लागि उपसभापति डीपी अर्यालले मनोनयन दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएको भन्दै न्याय पाउने पहिलो अधिकार र हतार शहीद परिवारलाई भएको बताएका छन् ।
उनले आफूहरू सार्वजनिक परीक्षण (पब्लिक अडिट) मा रहेको भन्दै नागरिकले सबै गतिविधि नियालिरहेको बताए ।‘हामी पब्लिक अडिटमा छौं । नागरिकले यसलाई हेरिरहनु भएको छ । हामीले बोलेर भन्दा पनि काम गरेर देखाउँछौ,’उनले भने ।नवनिर्वाचित सभामुखले आफ्नो अनुभवलाई व्यवहारमा उतार्दै संसदीय मर्यादा, नियमावली र अनुशासनको मापदण्ड पालना गर्नुपर्ने उनले जोड दिए ।
साथै, सभामुख पदमा पुगेपछि पार्टीभन्दा माथि उठेर सिंगो सदनप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता विपरीत प्रतिपक्षलाई दमन गर्ने वा नागरिकका मुद्दा दबाउने खालको व्यवहार अस्वीकार्य हुने बताए। न्यूज बैंक






















