प्रबास

नागरिक संरचनामा आक्रमण गरेर इरानीलाई घुँडा टेकाउन सकिँदैन : मन्त्री अराघची

एजेन्सी
२०८२ चैत्र २० | मध्यान्ह ०१:१२ बजे

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले नागरिक संरचनामाथि गरिने आक्रमणले इरानी जनतालाई आत्मसमर्पण गर्न बाध्य नबनाउने बताएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै यस्तो आक्रमणले अव्यवस्थित शत्रुको हार र नैतिक पतन मात्र देखाउने टिप्पणी गरेका छन् ।

कराजमा निर्माणाधीन पुलमा भएको हवाई आक्रमणको सन्दर्भमा बोल्दै यस्तो कदमले कुनै सैन्य सफलता नभई केवल नकारात्मक सन्देश दिने उनले बताए । साथै, यसले अमेरिकाको अन्तर्राष्ट्रिय छविमा अपूरणीय क्षति पुर्‍याउने दाबी पनि उनको छ ।

अराघचीले अर्काे पोस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्टोन एज (ढुङ्गे युग) मा फर्काउने चेतावनी दिएको भनाइप्रति पनि प्रतिक्रिया दिएका छन् ।

 ‘त्यो समयमा पश्चिम एसियामा तेल र ग्यास उत्पादन भइरहेको थिएन,’ उनले प्रश्न गर्दै भने– ‘अमेरिकी राष्ट्रपति र उनलाई भोट हालेर जिताउने नागरिकहरू वास्तवमै समयलाई पछाडि फर्काउन चाहन्छन् ?’

कमेन्टहरु