देश जलाउनेहरूलाई महानायक बनाइयोः रामबहादुर थापा (बादल)


काठमाडौं,चैत १९। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए ।
देश जलाउनेहरूलाई महानायक बनाएको उनको भनाइ छ । उनले कुन उद्देश्य पूरा गर्नको लागि राजनीतिक नेतृत्वहरूलाई पक्राउ गर्ने प्रपञ्च रचिँदैछ ? किन देशव्यापी रूपमा दमनचक्र र राज्य आतङ्क मच्याइँदैछ भनेर प्रश्न गरे ।
उनले भदौ २३ र २४ गतेको घटनालाई लिएर प्रश्नैप्रश्न उठाए । उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्ण जितमा आन्तरिक रुपमा क–कसको निर्णायक भूमिका रह्यो भन्दै प्रश्न गरे ।
उनले भने, ‘प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्ण जितमा आन्तरिक रुपमा क कसको निर्णायक भूमिका रह्यो ? तथ्यहरुले के स्पस्ट गर्दछ भने मुख्यत नेपाली सेना, ब्यूरोकेशी, सुशीला सरकार, कार्की आयोग आदी संस्था तथा पात्रहरुको यो विजयमा निर्णायक भूमिका रह्यो । त्यसैले ति संस्था तथा पात्रहरुलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु । यो जादुमय विजयका लागि ।’ न्यूज बैंक






















