अमेरिका–इजरायल बाहेकका जहाजका लागि खुला छ स्ट्रेट अफ हर्मुज

एजेन्सी
२०८२ चैत्र १९ | मध्यान्ह ०४:१२ बजे

तेहरान । इरानले स्ट्रेट अफ हर्मुजको बाटो खुला रहने बताएको छ । मार्ग अमेरिका वा इजरायलसँग सम्बन्धित नभएका जहाजहरूका लागि खुला राख्ने बताइएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ताले यस्तो जानकारी दिएका हुन् ।
यसैबिच प्रवक्ता बघाइले जारी द्वन्द्वबारे टिप्पणी गर्दै इरानले युद्ध, वार्ता र युद्धविरामको दुष्चक्र स्वीकार नगर्ने स्पष्ट पारेका छन् । उनले विगतको सन्दर्भ दिँदै केही समयअघि भएको १२ दिने युद्धपछि युद्ध रोकिएको भए पनि पुनः द्वन्द्व सुरु भएको पनि बताए । ‘उनीहरूले रोकौँ भने, हामी रोक्यौँ, तर नौ महिनापछि फेरि आक्रमण सुरु भयो,’ उनले भने ।

















