प्रबास

ट्रम्पको भाषण हतासको संकेत भएको विश्लेषकको दाबी

एजेन्सी
२०८२ चैत्र १९ | मध्यान्ह ०४:१२ बजे

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो सम्बोधनलाई एक विश्लेषकले ‘हतासको संकेत’ भनेका छन् ।बुधबार ट्रम्पको भाषण हतासको संकेत भएको भन्दै ट्रम्पसँग इरानसँग सम्झौता गर्ने बाहेक वास्तविक विकल्प नरहेको किङ्ग्ज कलेजस्थित इन्स्टिच्युट अफ मिडल इस्टर्न स्टडिजका वरिष्ठ लेक्चरर एन्द्रेस क्रिगले अल जजिरालाई भनेका छन् ।

क्रिगका अनुसार ट्रम्पको भाषणले अमेरिकी प्रशासनसँग स्पष्ट रणनीति र लचिलोपनको अभाव देखाएको छ ।’उनको हिजोको सम्बोधन हताशाको संकेत हो, जसले देखाउँछ कि यो प्रशासनसँग खासै विकल्प छैन,’ उनले भने । 

उनले ट्रम्पको दोहोरो सन्देशमाथि पनि प्रश्न उठाएका छन् । एकातर्फ उनले नागरिक लक्ष्यमा आक्रमण गर्ने संकेत दिएको अनि अर्कोतर्फ युद्धबाट बाहिरिने बाटो खोज्ने कुरा गर्नुले विश्व अर्थतन्त्रमा पर्ने गम्भीर प्रभावलाई बेवास्ता गरेको उनको भनाइ छ ।

यसले अमेरिकी प्रशासन कति अस्पष्ट छ भन्ने देखाउनुका साथै सुरुदेखि नै कम रणनीति र योजना बनाएर इरान युद्धमा होमिएको उनले बताए । 

कमेन्टहरु