प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी ९ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

रासस
२०८२ चैत्र १८ | मध्यान्ह ०४:१२ बजे

काठमाडौं, चैत १८। प्रहरीले काठमाडौंबाट प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी पैसा ठगी गर्ने २ जना पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग भित्र बस्ने ४५ वर्र्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) पक्राउ परेका हुन् ।
उनीहरुले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै सेटिङ मिलाएर धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए । उनले धरौटी रकम र वकिलको बहस खर्च भन्दै पीडित पक्षलाई मिठु मगरको बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए ।रकम प्राप्त गरेपछि पनि काम नभएको र ठगी गरेको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई मण्डिखाटारबाट नियन्त्रणमा लिएको हो । न्यूज बैंक

















