कृषि

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैते धान रोपियो

रासस
२०८२ चैत्र १८ | मध्यान्ह ०१:१२ बजे

गाईघाट । जिल्लाका विभिन्न भागका एक हजार १०० हेक्टरमा चैते धान रोपिएको छ ।जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सङ्गीता ज्ञावलीका अनुसार जिल्लामा एक हजार ५०० हेक्टरमा हरेक वर्ष चैते धान रोपिने गरेको छ । बाँकी ४०० हेक्टरमा पनि यसै महिना रोपाइँ पूरा हुने देखिएको उनले बताइन् । “खेतमा धमाधम रोपाइँ भइरहेकाले यसै महिना पूरा हुने ठानेकी छु”, उनले भनिन् ।

जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै चैते धान उदयपुरगढी र रौतामाई गाउँपालिकामा भएको छ । ताप्ली गाउँपालिका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा चैतेधान रोपिने गरेको छ ।

 

कमेन्टहरु