मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

बिरामीले थला परेका प्रेम बहादुर रावलको उपचारका लागि आर्थिक अपिल

उमेश रोकाया
२०८२ चैत्र १८ | बिहान ०८:१२ बजे

बाजुरा, चैत १८ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ पाँडी गाउँका ३३ वर्षिया प्रेम बहादुर रावल वषौँदेखि मानसिक रोगीले थला परेका आर्थिक अभावका कारणले उपचार गर्न सकिरहेका छैनौँ । घरमा आर्थिक अभावले उपचार हुन नसकेपछि आर्थिक सहयोग अपिल गरेका छन् ।

२०६८ साल मंसिर महिनामा ७ गते दिन गाउँमा सप्ताह चलिरहेको थियो। सोही दिनदेखि प्रेम बहादुर रावलको एक्कासी मानसिक बिरामी भएका हुन् । बिरामी भएपछि तत्काल बुवा र २ जना आफन्त सँगको सहयोगले हातखुट्टा बाँधी भारतको लखनउमा उपचारका लिएको होल । उक्त लखनउ अस्पतालले ३ महिनाका लागि प्रयोग गरेिने औषधि दियो । त्यो औषधी सकिएर पुनः औषधी थप ३ महिनाको ल्याएको थियो । त्यसपछी घरायसीका कारण औषधी छुट्योको उनका दाजु कर्ण बहादुर रावलले बताउनुभयो ।

औषधी प्रयोग गर्दासम्म उनलाई ठिक भएको थियो । २०७१ सालमा फेरी उस्तै रुप भएपछी पुनः लखनउमा उपचारका लागि लगियो । फेरी उक्त अस्पतालले ३ महिनाको औषधी दियो । यसको पनि केही समय उपचार पाएपछि मानसिक रूपमा सुधार भए जस्तो भयो । तर खास जरैबाट निको नभएको पाईयो । फेरी २०७६ सालमा लखनउ उपचारको लगियो । यसपछी धेरै सुधार भएको थियो ।

खास प्रेम बहादुर रावलको निको नभए देखियो २०७९ सालमा नेपालको पाटन मानसिक अस्पतालमा उपचारका लागि लगियो । त्यहाँबाट ल्याएको औषधीले काम गरेन खाली खर्च भयो । २०८२ सालको अन्तिम महिना सम्म आउदा पनि प्रेम बहादुर रावलको पैसाको अभावले उपचार हुन सकेको छैन् । रावल उपचारका लागि आर्थिक चाहिने भएको कारणले सहयोगीदाताहरुबाट सहयोग गरिदिनुहुन उनका घरपरिवारले अपिल गरेका छन् । सहयोग गर्नेदातालाइ उनका दाजु कर्ण बहादुर रावल मोबाइल ९८६३१००६८२ सम्पर्क गरिदिन आग्रह गरेका छन ।

कमेन्टहरु