समाचार

संसद् अधिवेशनअघि सर्वदलीय बैठक बस्दै

नवलपुर टुडे
२०८२ चैत्र १८ | बिहान ०६:१२ बजे

काठमाडौं । संसद् सचिवालयले बुधबार (चैत १८) सर्वदलीय बैठक आह्वान गरेको छ । सर्वदलीय बैठक आज दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन बोलाइएसँगै बैठकको मिति तय गरिएको हो ।

बिहीबार (चैत १९) दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ । सोही बैठकका विषयमा छलफल गर्न संसद्‌मा प्रतिनिधित्व गर्ने ६ दलको बैठक बोलाइएको हो । 

सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले संसद्को अध्यक्षता गर्नेछन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले यही चैत १२ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ खुवाएका थिए ।

कमेन्टहरु