मुगुमा भूकम्पको धक्का

नवलपुर टुडे
२०८२ चैत्र १८ | बिहान ०६:१२ बजे

काठमाडौं । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार (चैत १८) बिहान २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, मुगुको धैनकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि गएको चैत १४ मा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

















