बिश्व

स्ट्रेट अफ हर्मुजमा शुल्क लगाउने इरानी योजना स्वीकृत

एजेन्सी
२०८२ चैत्र १७ | मध्यान्ह १२:१२ बजे

तेहरान । इरानको संसदीय समितिले स्ट्रेट अफ हर्मुज भएर आउने जाने जहाजमाथि शुल्क (टोल) लगाउने योजना स्वीकृत गरेको छ ।इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)सम्बद्ध फार्स न्यूज एजेन्सीले यो जानकारी सार्वजनिक गरेको हो । अमेरिका र इजरायलका जहाजहरूलाई सो स्ट्रेट भएर आवतजावत गर्न प्रतिबन्ध लगाइने कुरा पनि राष्ट्रिय सुरक्षा आयोगका एक सदस्यलाई उद्धृत गर्दै उक्त समाचारमा भनिएको छ । 

साथै इरानविरुद्धको प्रतिबन्धमा सहभागी अन्य देशहरूका जहाजहरूलाई पनि रोक लगाउने योजना रहेको बताइएको छ ।एएफपीका अनुसार नयाँ शुल्क प्रणाली इरानी सरकारी टेलिभिजनमार्फत घोषणा गरिएको हो, जसलाई ओमानसँगको सहकार्यमा लागू गरिने भनिएको छ । 

विश्व बजारमा पुग्ने करिब २० प्रतिशत कच्चा तेल यही स्ट्रेट भएर बाहिरिन्छ । तर युद्ध सुरु भएयता जहाजको आवागमनमा ठूलो कमी आएको छ । समुद्री तथ्याङ्क विश्लेषण गर्ने कम्पनी केप्लरका अनुसार हाल आवागमन करिब ९५ प्रतिशतले घटेको छ । 

 

कमेन्टहरु