संविधान संशोधनका विषयमा संसद बाहिरै बसेर सशक्त पहल गर्छौंः खड्का

नवलपुर टुडे
२०८२ चैत्र १६ | मध्यान्ह ०५:१२ बजे

काठमाडौं, चैत १६। नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका विषयमा संसद बाहिरै बसेर पनि सशक्त पहल गर्ने बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै उनले विगतमा संशोधनको प्रयास सफल हुन नसकेको स्मरण गर्दै उनले अब भने स्पष्ट विचार, मूल्य–मान्यता र सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने धारणा राखे।
खड्का संविधानका मूलभूत सिद्धान्तहरू नेपाली जनतालाई सार्वभौम र अधिकार सम्पन्न बनाउने प्रावधानहरूकुनै पनि अवस्थामा सम्झौता नगरी संशोधन प्रक्रिया अघि बढाउनुपर्ने बताए।उनले पार्टीको इतिहास, आदर्श र राष्ट्र तथा जनताको हितलाई केन्द्रमा राखेर संसदमा अभिव्यक्ति राख्न आग्रह गरे । न्यूज बैंक

















