प्रबास

इरानमा धेरै ‘लक्षित स्थान’ ध्वस्त पारिएको ट्रम्पको दाबी

एजेन्सी
२०८२ चैत्र १६ | मध्यान्ह ०१:१२ बजे

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाले धेरै महत्त्वपूर्ण लक्ष्यहरू ध्वस्त पारेको दाबी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यसबारे छोटो सन्देश सार्वजनिक गरेका हुन् । ट्रम्पले लेखेका छन्– ‘इरानमा ठुलो दिन । लामो समयदेखि निशाना बनाइएका धेरै स्थानहरू हाम्रो महान् सेनाले ध्वस्त पारेको छ । विश्वकै सबैभन्दा शक्तिशाली र घातक सेना ।’

यसअघि अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमले गत साता इरानभर ९ हजारभन्दा बढी स्थानमा आक्रमण गरिएको जानकारी दिएको थियो । यद्यपि, ती आक्रमणका विस्तृत विवरण र क्षतिको यथार्थ अवस्था भने पूर्ण रूपमा सार्वजनिक गरिएको छैन । 

कमेन्टहरु