तनहुँमा पत्रकार महासङ्घको स्थापना दिवस : ६ पत्रकार पुरस्कृत

रासस
२०८२ चैत्र १६ | मध्यान्ह ०१:१२ बजे

तनहुँ । नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा तनहुँमा ६ पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
महासङ्घले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटनलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । सुरज गुरुङ पत्रकारिता पुरस्कारको राशि रु पाँच हजार तथा अन्य पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, शाखाका अध्यक्ष डिपी अधिकारीलगायतले उनीहरूलाई पुरस्कृत गरेका छन् ।






















