प्रबास

सोनम कपुर बनिन् दोस्रो सन्तानकी आमा

एजेन्सी
२०८२ चैत्र १६ | मध्यान्ह ०१:१२ बजे

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री सोनम कपुर आमा बनेकी छन् । उनले आइतबार (२९ मार्च २०२६) मा दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् । आफू आमा बनेको उनले सामाजिक सञ्जाल इष्टाग्राम मार्फत सार्वजनिक गरेकी छन् ।

उनले लेखेकी छन्, ‘हामी यो घोषणा गर्न पाउँदा निकै खुसी छौँ कि आज, २९ मार्च २०२६ मा हाम्रो सानो छोराको जन्म भएको छ । हाम्रो परिवार अझ ठूलो भएको छ । वायु आफ्नो सानो भाइलाई स्वागत गर्न पाउँदा निकै खुसी छ । हामी चार जनाको परिवारका रूपमा यो नयाँ अध्याय सुरु गर्न पाउँदा आभारी छौँ ।’

दोस्रो सन्तानको आमा बनेकोमा उनलाई बुबा तथा दिग्गज अभिनेता अनिल कपुरले बधाई समेत दिएका छन् । सोनमले व्यवसायी आनन्द आहुजासँग सन् २०१८ मा विवाह गरेकी थिइन् ।

उनीहरूको पहिलो छोरा वायुको जन्म सन् २०२२ मा भएको थियो । सोनमले नोभेम्बर २०२५ मा आफ्नो दोस्रो गर्भावस्थाको घोषणा गरेकी थिइन् भने फेब्रुअरी २०२६ मा उनले बेबी सावर मनाएकी थिइन् ।

कमेन्टहरु