अपराध

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता

नन्द किशोर कुर्मी (लालु)
२०८२ चैत्र १६ | बिहान ०८:१२ बजे

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशरण चौधरीसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ । अध्यक्ष कमलेशरणसहित सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता गरेको हो । 

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले ‘भैरहवा–१५’ नाम परिवर्तनको जाहेरीका आधारमा मुद्दा अघि बढाएको हो । मुद्दा दर्तासँगै चौधरीको पदसमेत संकटमा परेको छ । यस प्रकरणमा सन्तकुमार भने हाल थुनछेकका लागि कारागारमा छन् ।

घटनाबारे पीडितले २०८१ असोज ६ गते किटानी जाहेरी दिएकी थिइन् । यता, अध्यक्ष चौधरीले आरोप अस्वीकार गर्दै आफूलाई फसाइएको दाबी गरेका छन् र कानुनी लडाइँ लड्ने बताएका छन् ।

कमेन्टहरु