तीन पूर्वप्रधानमन्त्रीका परिवारको सम्पत्तिमाथि अनुसन्धान


काठमाडौं, चैत १५ । तीन पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल र उनीहरुका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा नेपाल प्रहरीले तीन पूर्वप्रधानमन्त्रीहरूसहित दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको बताइएकाे छ।
आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरिएको छ। सीआईबीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई पक्राउ गरेको हो। विभागले प्रारम्भिक अनुसन्धानमा कैफियत देखिएका तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई पत्र पठाएको छ।

















