कुहिएका अवस्थामा शव भेटियो

रासस
२०८२ चैत्र १५ | मध्यान्ह ०४:१२ बजे

मकवानपुर । विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृतावस्थामा फेला परेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव जिल्लाको मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा शनिबार साँझ फेला परेको हो ।
लामो समयदेखि मानसिक समस्या भोग्दै आएका थिङ गत गत फागुन २९ गते घरबाट बेपत्ता भएको जनाउँदै परिवारजनले खोजतलाशका लागि प्रहरीमा निवेदन दिएका थिए । थिङको खोजतलाश गर्ने क्रममा कुहिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । सो घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

















