मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

एमाले बाजुरा द्वारा ओली र लेखक बिरुद्ध तत्काल रिहाइको माग

उमेश रोकाया
२०८२ चैत्र १५ | मध्यान्ह ०२:१२ बजे

बाजुरा, चैत १५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमिटी, बाजुरा द्वारा जिल्ला प्रशासन कार्यालय मार्फत नेकपा एमाले पार्टीका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई चैत्र १४ गते गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानूनी गिरफ्तारीको निन्दा, भत्सर्ना र विरोध पत्र दिएका छन ।

सम्माननीय प्रधानमन्त्री ज्यूप्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत सिंहदरवार काठमाण्डौ जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत बिरोध पत्र नवगठित सरकारको मन्त्री परिषदको पहिलो बैठकले २०८२ भदौ २३ गते भएको जेन्जी आन्दोलन र २४ गतेको हिंसात्मक र विध्वंसात्मक गतिबिधिका कारण देशमा भएको मानवीय तथा भौतिक क्षतिको सत्य,तथ्य छानविनका लागि गठित गौरी बहादुर कार्की आयोगको प्रतिवेदन र मन्त्री परिषद्को बैठकले गरेकोप्रति शोधपूर्ण निर्णय प्रति नेकपा (एमाले) बाजुराको गम्भीर ध्यानाकर्षण गराएको एमाले जिल्ला कमिटी उपाध्यक्ष जनक कुमार बोहोराले बताउनुभयो ।

देशको संसद भवन,सिंहदरवार, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, व्यापारिक प्रतिष्ठान, व्यावसायिक क्षेत्र,व्यक्तिका निजी आवास तथा सम्पती जलाउन भएको घुसपैठ र क्षतिको निष्पक्ष छानविन गरी दोसी उपरकार्वाहीका लागि नेकपा एमाले दृढ संकल्प गर्दछ ।

एमाले पार्टीका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई २०८२ चैत्र १४ गते गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानूनीगिरफ्तारीको निन्दा, भत्सर्ना र विरोध गर्दछौ ।आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरित रहेकोछ ।

त्यस कारण, यस्तो गैरकानुनी, पुर्वाग्रही कार्यको निन्दा, भत्सर्ना र विरोध गर्दछौं । हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखककोगिरफ्तारी लोकतान्त्रिक मुल्य र कानुनी शासनको मर्मविपरित छ । वहाँहरुको वहाँहरुको तत्काल रिहाइकोमाग गर्दछौं । २०८२ भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधिशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गठन गर्न माग एमाले जिल्ला कमिटी सचिव कासि विकले बताउनुभयो ।

कमेन्टहरु