कानुनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौं : प्रदीप ज्ञवाली

एजेन्सी
२०८२ चैत्र १४ | मध्यान्ह ०१:१२ बजे

काठमाडौं,चैत १४। नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर ‘राजनीतिक प्रतिशोध’ साधिएको टिप्पणी गरेका छन् । शनिबार (चैत १४) बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग उनले सरकारका कदम पूर्वाग्रही रहेको भन्दै यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिए ।
उनले एमालेविरुद्ध भइरहेका घेराबन्दीलाई चिर्न पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने संकेत गरे । “यो प्रतिशोध हो । यसको हामीले कानुनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौं,” उनले भने, “हामीले आफ्नो धारणा भनिसकेका छौँ, यो राजनीतिक प्रतिशोध हो । र, प्रतिशोधको कानुनी र राजनीतिक दुवै ढंगले प्रतिवाद हुन्छ ।”अध्यक्ष ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको छ

















