चितवनमा आज हुने अन्तराष्ट्रिय मुआथाईको तयारी पुरा


चितवन । चितवनमा पहिलो पटक हुन लागेको अन्तराष्ट्रिय मुआथाई च्याम्पियनसिपको तयारी पुरा भएको छ । राइनो मुआथाई जिम फिटनेस सेन्टरको आयोजनामा आज प्रतियोगिता हुन लागेको हो ।
फेसअपसँगै तयारी पुरा भएको राइनो मुआथाईका अध्यक्ष विज्ञान दराईले जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु सहभागी हुनेछन् । उनीहरुले विभिन्न ३० बाउटमा प्रतिस्पर्धा गर्ने दराईले बताए ।
प्रतियोगिताको मेन ईभेन्टमा ८, सेमिप्रोमा ७ र ईम्याचुअरतर्फ १५ फाईट हुनेछ । मेन ईभिन्टतर्फ नेपालका रोहित कायत र भारतका मोइराङथेम सनहलको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। दुबैले रिङमा शतप्रतिशत दिने बताए ।
यस्तै को-ईभेन्टमा प्रतिस्पर्धा गर्ने नेपालका रोशन अछामी र भारतका जेरो मेईतेई प्रतिस्पर्धिलाई कमजोर नआक्ने तर आफ्नो लेभल रिङमा देखाउने बताए । प्रतिस्पर्धा गर्नेछन् । नेपालकै एपिएफ क्लबलगायत अन्य खेलाडीहरुले पनि अन्य विभिन्न बिधामा प्रतिस्पर्धा गर्नेछन् । सहभागी सम्पूर्ण खेलाडी व्यवसायीक फाइटरहरु मात्रै रहेको दराईले जानकारी दिए ।
मेन ईभेन्टतर्फ प्रथम पुरस्कार ५० हजार तथा उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै को-ईभेन्टमा विजेताले ४० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्य विधामा विजेताले ३० तथा उपविजेताले १५ हजार प्राप्त गरनेछन्।राइनो मुआथाई जिम फिटनेस सेन्टरले दोस्रो पटक यो प्रतियोगिता आयोजना गरेको हो । पहिलो संस्करण राष्ट्रिय स्तरको थियो भने यस पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुन लागेको हो । नेपालमा मुआथाई खेलको बिकास एवं प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको हो ।






















