पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई नियन्त्रणमा लिइँदै


काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गर्न लागेको छ । प्रहरी उच्च स्राेतका अनुसार तत्कालीन प्रधानमन्त्री ओली र लेखकलाई जरुरी पक्राउ पुर्जी जारी गर्दै नियन्त्रणमा लिइने तयारी भइरहेकाे हाे ।
गएराति नक्सालस्थित आइजीपीको निवासमा गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरी आइजीपी दानबाहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालबिच उनीहरूलाई पक्राउ गर्नेबारे छलफलभएको थियो ।
अहिले भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखकको निवासमा प्रहरी पुगेको छ । शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुङले रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरेका थिए ।























