समाचार

कालीगण्डकीमा विश्वशान्तिको कामना गर्दै दीप प्रज्ज्वलन

नवलपुर टुडे
२०८२ चैत्र १३ | मध्यान्ह ०७:१२ बजे

म्याग्दी, चैत्र १३ । विश्व शान्तिको कामना गर्दै शुक्रबार बेनीस्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन गरिएको छ। विश्व हिन्दू महासङ्घ म्याग्दीले रामनवमी पर्वको अवसर पारेर कालीगण्डकी र म्याग्दी नदीको दोभान नजिकै दीप प्रज्ज्वलन गरेको हो।

विश्व शान्तिको कामनाका साथै बेनी बजारको धार्मिक पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले दीप प्रज्ज्वलन गरिएको महासङ्घका उपाध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए।

 

कमेन्टहरु