देश

देउवा र ओलीद्वारा प्रधानमन्त्री बालेन शाहलाई बधाई

नवलपुर टुडे
२०८२ चैत्र १३ | मध्यान्ह ०३:१२ बजे

काठमाडौं,चैत १३। नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र)लाई बधाई दिएका छन् ।शुक्रबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

साथै, उनले आजै नियुक्त भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई दिएका छन् ।उनले लेखेका छन्,‘राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । साथै, आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना ।’

त्यस्तै शाहलाई एमाले अध्यक्ष ओलीद्वारा बधाई तथा शुभकामना दिएका छन् । ओलीले प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै शाहलाई बधाई दिँदै नयाँ सरकारको सफलताको कामना गरेका हुन् ।

ओलीले नवनियुक्त प्रधानमन्त्री शाहको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई पनि कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।

ओलीले नयाँ नेतृत्वले मुलुकको आवश्यकता र जनचाहना अनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री शाह र सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यहरूको कार्यकाल फलदायी रहोस् भन्दै सफल कार्यकालका लागि शुभेच्छा प्रकट गरेका हुन् । न्युज बैंक

photo 2 66b89420 photo 89dc6398

 
 

कमेन्टहरु