प्रबास

भियतनामले गर्‍यो पेट्रोलियम कर स्थगित

एजेन्सी
२०८२ चैत्र १३ | मध्यान्ह १२:१२ बजे

हनोई । भियतनामले पेट्रोलियम पदार्थमा लाग्ने कर अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेल तथा ग्यासको मूल्य वृद्धिका कारण घरेलु बजारमा परेको दबाब कम गर्न यस्तो कदम चालिएको हो ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भियतनामको अर्थ मन्त्रालयले पेट्रोल, डिजेल र जेट इन्धनमा लाग्ने वातावरण संरक्षण कर तथा विशेष उपभोग कर हटाउने निर्णय गरेको जनाएको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त कर छुट अप्रिल १५ सम्म लागू रहनेछ । इरानमा जारी अमेरिका–इजरायली युद्धका कारण विश्व बजारमा तेलको मूल्य निरन्तर बढ्दै गएपछि भियतनामजस्ता आयातमा निर्भर देशहरूमा महँगीको दबाब बढेको छ । यस्तो अवस्थामा उपभोक्ता र उद्योगलाई राहत दिन सरकारले कर हटाउने निर्णय गरेको हो ।

कमेन्टहरु