देश

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचनाः डा वाग्ले

रासस
२०८२ चैत्र १२ | मध्यान्ह ०४:१२ बजे

काठमाडौँ, चैत १२। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताउनुभएको छ ।

आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रममा उपस्थित हुनुभएका उहाँले अब बन्ने सरकारको प्राथमिकता गुणस्तरीय पुनर्निर्माणसँगै सुशासन कायम गराउनु रहेको धारणा राख्नुभयो ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपा १८२ सिटसहित संसद्मा पुगेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेपालको ४३औँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदै हुनुहुन्छ ।

कमेन्टहरु